सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशका तराईका थोरै भू–भागहरू साथै देशका पहाडी भू–भागहरू आंशिक बदली रहेको छ ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
















गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया