जापानमा नेपालीलाई बेसबल सिकाउँदै ईश्वर थापा

काठमाडौँ । जापानमा रहेका नेपालीहरूलाई “निप्पोन एसिया बेसबल फ्रेण्ड क्लब लालिगुराँस” संस्थामार्फत बेसबल सिकाइएको छ ।
सन् १९९९ मा स्थापना भएको यो संस्थाले स्थापना कालदेखि नेपाललगायत विश्वका विभिन्न देशमा बेसबलको विकास र विस्तारका निम्ति महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
संस्थाका वर्तमान अध्यक्ष ईश्वर थापा बेसबल खेल्नका लागि सन् २००९ मा नेपालबाट जापान पुगेका थिए । थापा पहिलो नेपाली व्यावसायिक बेसबल खेलाडीसमेत हुन् । उनले जापानका व्यावसायिक क्लब ‘०६ बुलस्’लगायत दुई क्लबबाट व्यावसायिक खेल खेलेका थिए ।

लालिगुराँस संस्थाकै माध्यमबाट जापान आएर व्यावसायिक खेलाडी अनुभव बटुलेका थापाले जापानी बच्चाहरूलाई ट्रेनिङसमेत दिएका थिए ।
हाल नेपालको विभिन्न स्थानहरूमा थापाको अगुवाइमा बेसबल प्रतियोगिता र बेसबलसम्बन्धि तालिम तथा जानकारी दिँदै आएको छ ।
आगामी दिनमा जापानमा रहेका नेपालीलाई समेटेर बेसबल क्लब निर्माण गर्ने योजना रहेको थापा बताउँछन् । यसका लागि उनले यही मे बाट प्रत्येक महिना निरन्तर रुपमा कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया