नेपाल- भारत द्दिपक्षिय प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु
दुई देशका प्रधानमन्त्रीबीचको वार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएको हो
काठमाडौं । भारत भ्रमणमा रहेको नेपालका प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल र भारतीय समकक्षी नरेन्द्र मोदीको प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा वान अन वान भेटवार्तापछि द्दिपक्षिय प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमणका क्रममा हुने सहमति र सम्झौताबारे भारतीय पक्ष र नेपाली पक्षबीच बिहीबार भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा वार्ता सुरु भएको हो ।
नेपालका प्रतिनिधि र भारतका प्रतिनिधिहरू सम्मिलित रहेको उक्त वार्तामा नेपाल र भारतबीच हुने सम्झौताबारे छलफल हुनेछ ।
वार्तामा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची रहेको छ । द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री दाहालको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजनासमेत गरेका छन् ।
प्रधानमन्त्रीस्तरीय छलफल र पत्रकार सम्मेलनपछि आजै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया