प्रचण्ड र मोदीद्वारा बथनाहा-विराटनगर कार्गो रेल उद्घाटन
मेरोन्यूज
२०८० जेठ १८ गते १३:२५
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा बथनाहा विराटनगर कार्गे रेलको उदघाटन गरेका छन् ।
नयाँदिल्लीको हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि दुई प्रधानमन्त्रीले नौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास, नेपालगन्ज-रूपैडिया इन्टिग्रेटेड चेकपोस्ट तथा बथनाहा-विराटनगर कार्गो रेलको संयुक्त रुपमा उद्घाटन गरेका छन्।
साथै उनीहरूले अमलेखगन्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाइपलाइनको समेत शिलान्यास गरेका छन्।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्तापछि द्विपक्षीय वार्ता भएको छ। अहिले संयुक्त पत्रकार सम्मेलनलाई दुवै प्रधानमन्त्रीले सम्बोधन गरिरहेका छन्।
सम्बन्धित
प्रतिक्रिया