भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने
मेरोन्यूज
२०८० जेठ १८ गते १३:३८
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि भएको पत्रकार सम्मेलनमा मोदीले भ्रमणका क्रममा बिहीबार भएको व्यापार सम्झौताले यो लक्ष्य पूरा गर्न सघाउने उल्लेख गरे।
आजै दुबै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरूण निर्माणका लागि एमओयू भएको छ । गोरखपुरभैरहवा ४०० केभी प्रसारण लाइनको शुभारम्भ भएको छ।
सम्बन्धित
प्रतिक्रिया