मंगलबार, मंसिर २५, २०८१

भारतसँगको ऊर्जा सम्झौता नेपालको हितमा छ : कुलमान घिसिङ

मेरोन्यूज २०८० जेठ १८ गते १६:०६

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग दीर्घकालीन ऊर्जा सम्झौता हुँदा नेपालले लाभ लिन सक्ने बताएका छन् ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए ।

कार्यकारी निर्देशक घिसिङले भने, ‘प्रारम्भिक समझदारी भएको छ, यो नेपालको हितमा छ, यसलाई हामीले कार्यान्वयनको स्तरमा लैजानु पर्छ ।’

नेपाल–भारत दीर्घकालीन ऊर्जा सम्झौतासम्बन्धी प्रारम्भिक समझदारीबारे दुवै देशका ऊर्जा मन्त्रालयका सचिवबाट हस्ताक्षर भएको छ । आदानप्रदान हुन सकेको छैन् ।

भारतको मन्त्रिपरिषदबाट छिट्टै सम्झौता अनुमोदन गरेर दुई मुलुकबीच आदानप्रदान हुने बताइएको छ ।

प्रतिक्रिया