कांग्रेसभित्र सबै गुटहरूलाई भत्काउनु पर्छ : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रका सबै गुटहरूलाई भत्काउनु पर्ने बताएका छन् ।
बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौँमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा बोल्दै उनले कांग्रेस पुर्ननिर्माणका निम्ति सबै गुट भत्काउनु पर्ने बताएका हुन् ।
महामन्त्री थापाले कांग्रेसलाई सुधार्नका लागि सबै गुटहरू भत्काउनु आवश्यक रहेको बताएका हुन् । उनले कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरूबीच दुई गुट मात्रै बनाउनु पर्ने भन्दै विगतका जो कोही दाइहरूको साथ छोड्न आग्रह गरे ।
‘आजको दिनमा नागरिकलाई सोध्यो भने कुशासन, भ्रष्टाचार, बेथिति यो तीन वटा कुराबाट ऊ आजित छ, पार्टीसँग मान्छे जोडिने भनेको आशाले जोडिने रहेछ, पार्टीले भविष्यप्रति आशावादी बनायो भने मान्छे आउँछ,’ उनले भने ।
महामन्त्री थापाले नागरिकहरू कुशासन, भ्रष्टाचार र बेथितिबाट आजित रहेको उल्लेख गर्दै कांग्रेसले यी तीन कुरालाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नु पर्ने बताए ।
उनले कांग्रेसले मानिसहरूलाई भविष्यप्रति आश्वस्त पार्न सकेमा मात्रै नयाँ मानिसहरू पार्टीमा आउने बताए । उनले कांग्रेसको पुनः निर्माण सम्भव भएको बताए ।
प्रतिक्रिया