शुक्रबार, मंसिर २८, २०८१

सांसद विकास कोषको रकमले ११ र १२ को शिक्षा निःशुल्क गर्न माग

मेरोन्यूज २०८० जेठ १८ गते २०:२६

काठमाडौँ । नेकपा एमालेको भातृ विद्यार्थी संगठन अनेरास्ववियुले सांसद विकास कोषलाई छुट्याइएको रकम कक्षा ११ र १२ को शिक्षा निःशुल्क गराउने माग गरेका छन् ।

Advertisement

अनेरास्ववियुले भ्रष्टाचारको प्रमुख कारक प्रमाणित भई बन्द गरिएको सांसद विकास कोषलाई फिर्ता गरी उक्त रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गराउन माग गरेको हो ।

अनेरास्ववियुले बिहीबार सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराउँदै पत्र बुझाएर सरकारलाई रुलिङ गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया