गर्मी बढेसँगै एक हप्ता विद्यालय बन्द
मेरोन्यूज
२०८० जेठ १८ गते २१:१७
काठमाडौँ । अत्यधिक गर्मीका कारण जनकपुरधाम उपमहानगरले एक हप्ता विद्यालयमा बिदा दिएको छ ।
गर्मीले पठनपाठनमा समस्या भएसँगै उपमहानगरले भोलि शुक्रबारदेखि जेठ २६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको हो ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले जेठ १९ देखि २६ गतेसम्म विद्यालयमा बिदा दिएको बताए ।
सम्बन्धित
प्रतिक्रिया