बिहीबार, मंसिर २७, २०८१

नेताको कार्यविभाजन गर्न एमाले सचिवालय बैठक बस्दै

मेरोन्यूज २०८० जेठ १९ गते ८:२०

काठमाडौं । नेताहरूको कार्यविभाजन गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। 

Advertisement

पार्टी मुख्यालय च्यासल, ललितपुरमा बिहान साढे ११ बजे बस्नेगरी अध्यक्ष केपी शर्माओलीले बैठक बोलाएका हुन् ।

बैठकमार्फत वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिइने तथा केन्द्रिय सदस्यहरूको कार्यबिभाजनका गरिने नेताहरुले बताएका छन् । 

गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रिय सदस्यहरूको कार्यबिभाजन गर्न लागिएको हो ।

एमालेको सचिवालयमा पदाधिकारीसिहत १९ जना सदस्य रहेका छन् ।

प्रतिक्रिया