आइतबार, मंसिर ३०, २०८१

देउवामाथी गगन थापाको आक्रोश- तपाईको एकल निर्णय सहन्न

सभापति बहुमतमा हुनुहुन्छ, सभापतिले गर्नुहुन्छ, कुनै न कुनै दिन मिलाउनुहुोला भन्दै डेढवर्ष देखि सहँदै आएको हुँ, अब सहन्न

मेरोन्यूज २०८० जेठ १९ गते १४:५३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरवहादुर देउवामाथी आक्रोश पोखेका छन् । सभापतिमा दोस्रो कार्यकाल निर्वाचित भईरहादा देउवाले धेरै निर्णय एकल निर्णय लिएको भन्दै त्यसलाई आफुहरुले पनि सहादै आएकोमा अब नसहने बताएका हुन् ।

Advertisement

कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको उपत्यका र प्रतिस्ष्ठान प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्वोधन गदै महामन्त्री थापाले कतिपय निर्णय आफुले पनि पत्रकारहरुले भन्दा धेरै पछि मात्र थाहा पाएकोले अव त्यसरी नसहने बताएका हुन् ।

उनले रेशम चौधरीको आममाफी, नागरिकता विधेयक प्रमणिकरण, प्रदेशमा कांग्रेसका सहभागिता र सहभागिताका लागि मन्त्रालयमा गरिएको तोडफोर र सांसद विकास कोष लगायतका विषयमा पार्टी सभापतिको एकल निर्णय भएको बताएका हुन् ।

उक्त निर्णयहरु आफुले पनि सञ्चारमाध्यमहरु हेरेर मात्र थाहा पाएको भन्दै त्यसरी अव नसहने बताएका हुन् ।

‘नेपाली कांग्रेस संग्लन्न भएको सरकारले केही गम्भिर विषयमा निर्णय लिएको छ । एउटा विषय आम माफीको विषय साथीहरुले यहाँ चर्चा गनुर्भयो । एउटा आममाफी, नागरिकताको विषय, प्रदेश सरकारमा सहभागिताका लागि प्रदेशको मन्त्रालय तोडफोड, सांसद विकास कोषलगायत यस्ता कैयन विषयहरु छन्, यी सबै विषय कांग्रेसको पार्टी सभापतिले, मुख्य नेतृत्वले एक्लै गर्नुभएको निर्णय हो । यो निर्णय मैले तपाईंहरुले भन्दा पछि थाहा पाएको हुँ ।’ महामन्त्री थापाले भने, – किनकी तपाईले पहिला थाहा पाउनु भयो, तपाईहरुले सम्प्रेषण गर्नुभयो र मैले त्यसलाई सुने ।’

महामन्त्री थापाले आफनो तर्फबाट सभापतिको निर्णय अहिलेसम्म मानेको विषय गल्ती भएको भन्दै अव नमान्ने र नसहने बताएका हुन् । ‘अब मैले बदल्ने भनेको यो परिपाटी एक ढेड वर्ष देखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो, मैले यसलाई सहदै आए, मैले यसलाई मान्दै आए । किन माने, सभापति हो, सभापति बहुमतमा हुनुहुन्छ, सभापतिले गर्नुहुन्छ, कुनै न कुनै दिन मिलाउनुहुोला भन्दै सहदै आएको हुँ । मैले बदल्ने भनेको मैले नसहनु पर्ने कुरा सहेको हुँदा अव सहन्न भनेर बदल्नु पर्ने हो । त्यसमा मैले बदल्ने हो । अव सहन्न भन्ने हो ।’

बहुमतका नाममा सभापतिले लिने एकल निर्णय र त्यही निर्णयका आधारमा कांग्रेसले भोग्नु परिरहेको अपजसको भारी अब पनि चुपचाप सहेर र हेरेर बस्न नहुने महामन्त्री थापको भनाई थियो ।

‘जुन कुराले पार्टीको हित‘ गरिरहेको छैन, सामान्य आधारभूत मान्यतासँग बाझिने गरि गरिएका निर्णयहरु छन्, ती निर्णयहरुको भारी प्रकारन्तरणले ले त्यसमा पार्टी सदस्यले बोक्नु परिरहेको छ, यो बोक्नु परिरहेको कुरालाई रोक्ने हो । यो गर्ने क्रममा लडेर, जुधेर र संर्घष गरेर रोक्ने हो । रोक्न आवश्यक छ,’’महामन्त्री थापाले भने ।

प्रतिक्रिया