प्रधानमन्त्री प्रचण्डले गरे महाकालेश्वर मन्दिरमा पूजा
मेरोन्यूज
२०८० जेठ १९ गते १६:००
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा अर्चना गरेका छन् ।
नयाँ दिल्लीबाट विशेष विमानमार्फत् उज्जैन पुगेर प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको पूजाअर्चना गरेका हुन् । सोही क्रममा उनले नेपालबाट लगेको १०८ केजी रूद्राक्ष र ५१ हजार रूपैयाँ दान गरेका छन् ।
पूजा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत पनि सहभागी भएका छन् । भारतको १२ ज्योतिर्लिङ मध्ये मशाकालेश्वर पनि एक हो ।
सम्बन्धित
प्रतिक्रिया