नेपालमा ८१ प्रतिशत हिन्दु, बाँकी अन्य धर्म मान्ने
मेरोन्यूज
२०८० जेठ १९ गते २१:००
काठमाडौँ । नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दु धर्म मान्ने मानिसहरू रहेको राष्ट्रिय गनगणनाले देखाएको छ ।
राष्ट्रिय जनगणना २०७८ को जाति र धर्मसम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएअनुसार कूल जनसंख्याको ८१.१९ प्रतिशतले हिन्दु धर्म मान्ने देखाएको हो ।
जनगणनाअनुसार नेपालको कूल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये दुई करोड ३६ लाख ७७ हजार ७४४ जनाले हिन्दु धर्म मान्ने गरेका छन् ।
बाँकी २३ लाख ९३ हजार ५४९ जना अर्थात ८.२१ प्रतिशतले बौद्ध धर्म, ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिष्टियन धर्म मान्ने गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया