भारतकाे ओडिशामा रेल दुर्घटनाः २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते
मेरोन्यूज
२०८० जेठ २० गते ७:१८
काठमाडौं । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एक भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ ।
दुर्घटनामा २३३ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी यात्रु घाइते भएका छन् । यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवसँग कुरा गरेर स्थितिको जानकारी लिएका थिए।
ओडिशाका स्वास्थ्य सचिवका अनुसार घटना लगत्तै ५० भन्दा बढी एम्बुलेन्स घटनास्थलमा पुगेका थिए। घाइतेहरुलाई बहनगाको अस्पतालमा भर्ना गरिएको छ । घाइतेको संख्या निरन्तर बढिरहेको थियाे । यसका लागि नजिकैका कयाैं जिल्लाबाट ५० जना डाक्टर बोलाइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया