सोमबार, मंसिर १७, २०८१

भारत ओडिशा रेल दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २३८ नाघ्याे

मेरोन्यूज २०८० जेठ २० गते ९:३१

काठमाडाैं । ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनामा अहिलेसम्म २३८ भन्दा बढीको मृत्यु भईसकेको छ ।

Advertisement

आजतकका अनुसार सो क्रममा ९ सयभन्दा बढी घाइते भएको बताइएको छ ।

रेलवेका अनुसार कोलकाता-चेन्नई कोरोमण्डल एक्सप्रेस र यशवंतपुर-हावडा एक्सप्रेस बहंगा स्टेशन नजिकै पटरीबाट खसेका थिए। यसपछि कोरोमण्डल एक्सप्रेस रेल नजिकैको ट्र्याकमा उभिएको मालगाडीसँग ठोक्कियो ।जसका कारण यो दर्दनाक दुर्घटना भएको हो ।

ओडिशा रेल दुर्घटनाको छानबिन गर्न आदेश दिइएको छ। दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त (सीआरएस) एएम चौधरीले यो ठूलो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका छन् ।

रेल दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि गोपालपुर, कान्तपाडा, बालासोर, भद्रक र सोरोका अस्पतालमा भर्ना गरिएको छ । जानकारी अनुसार राहत तथा उद्धार कार्य जारी रहेको छ ।

पटरीबाट खसेको डिब्बामा कैयौं यात्रु फसेका थिए भने स्थानीयले आकस्मिक सेवाका कर्मचारीलाई उद्धार गर्न सहयोग गरिरहेका थिए तर अन्धकारले काममा बाधा पुगेको थियो ।

प्रतिक्रिया