विद्यालयको शौचालयभित्र जलिरहेको अवस्थामा फेला परे लेखापाल
मेरोन्यूज
२०८० जेठ २० गते ९:४५
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित एक विद्यालयका लेखापाल जलिरहेको अवस्थामा भेटिएका छन्।
शनिबार बिहान मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार ४० वर्षीय मनिल ढकाल बिहानै विद्यालय जान्छु भनि घरबाट निस्किएका थिए ।उनको घर र विद्यालय नजिकै छ।
आगोले शरीरका अधिकांश भाग जलेका कारण ढकालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ।
सम्बन्धित
प्रतिक्रिया