शनिबार, मंसिर २९, २०८१

मणिपुर हिंसाः मृत्यु हुनेकाे संख्या ९८ पुग्याे

मेरोन्यूज २०८० जेठ २० गते १०:२७

मणिपुर । भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा गत महिनायता भड्किएको हिंसामा कम्तीमा ९८ जनाको मृत्यु भएको छ। ३ सयभन्दा बढी घाइते भएका छन्।

Advertisement

यसबाहेक विभिन्न हिंसामा आगजनीका ४ हजार घटना घटेका छन्। ती आगजनीमा करोडौंको सम्पत्ति नष्ट भएको छ। आगलाघिका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्। स्थिति अझै तनावपूर्ण बनेकाले घरबाट विस्थापित भएका मानिसहरू राहत शिविरमा बसिरहेका छन्।

बिहीबार निवेदन दिएपछि पछिल्लो २४ घण्टामा १ सय ४० भन्दा बढी हतियार स्थानीयले प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रदेश सरकार स्रोतले जनाएको छ ।

मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने मागलाई लिएर स्थानीयवासीले गत मे ३ मा राज्यका १० जिल्लामा ‘आदिवासी एकता मार्च’ आयोजना गरेपछि हिंसा भड्किएको थियो। झडप मुख्यतया मेइतेई र कुकी समुदायबीच भएको थियो।

प्रतिक्रिया