आज मुलुकभर अधिकतम र न्यूनतम तापक्रम बढ्ने

काठमाडौं । अहिले मुलुकभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मुलुकका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज अधिकांश भू–भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति भने पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले अत्याधिक गर्मी तथा मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।










काठमाडौँको तापक्रम आज यस वर्षकै कम
जेनजी आन्दोलनमा भागेका दुई नाबालकसहित ११ कैदी पक्राउ
पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा
काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया