आइतबार, मंसिर ३०, २०८१

शरणार्थी प्रकरणमा यी सरकारी वकिलले गर्नेछन् बहस

मेरोन्यूज २०८० जेठ २१ गते १०:०२

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ आरोपितविरुद्ध आइतबारदेखि थुनछेक बहस सुरु गर्ने तयारी छ । तर, सरकारी वकिल कार्यालयले अध्ययनका लागि समय मागेकाले आजबाट बहस सुरु हुने नहुने निश्चित छैन । के गर्ने भनेर अहिले न्यायधीश छलफलमा छन् ।

Advertisement

जिल्ला अदालत काठमाडौंमा यस प्रकरणमा पक्राउ परेका १८ जनाकै बयान शुक्रबार सकिएको छ । अब थुनछेक बहस सुरु हुनेछ ।

थुनछेक बहसपछि अहिले हिरासतमा रहेकाहरूलाई पुर्पपक्षका लागि जेल चलान गर्ने वा कारागार बाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने विषयमा निर्णय हुनेछ।

थुनछेक बहस जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुनेछ।

छुनछेक बहसको सुरुवात सरकारी वकिलले गर्नेछन्। सरकारी वकिल र पीडितका तर्फबाट बहस सकिएपछि मात्रै प्रतिवादीको पालो आउनेछ।

सरकारी वकिलहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्ने सरकारी वकिल कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

कार्यालयका अनुसार बहसको सुरुवात महेश खत्री र जनक घिमिरेले गर्नेछन् ।

प्रकरणमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, रामशरण केसी र गोविन्द चौधरी प्रहरी हिरासतमा छन् ।

यस्तै इन्द्रजित राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, टंक गुरुङ, केशव दुलाल, सागर राई, लक्ष्मी महर्जन र हरिभक्त महर्जन पनि हिरासतमा छन्।

प्रकरणका १२ आरोपित १२ जना फरार छन्।

प्रतिक्रिया