एमाले, रास्वपा र राप्रपाले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका हुन् ।
नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै उनीहरूले बैठक अवरोध गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्दा प्रक्रिया नपुर्याएको भन्दै उनीहरुले विरोध जनाएका हुन् । उनीहरुले उभिएर विरोध जनाउँदै विरोध जनाइरहेका छन् ।
आइतबारको बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले नागरिकता विधेयक प्रमाणिकरणमा संविधानको उल्लंघन भएको र फुलबारी नाकाको साटोमा कालापानी छाड्न तयार रहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा जवाफ नदिउन्जेल चल्न नदिने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता पाउनु नेपालीको अधिकार भए पनि जुन प्रक्रियाबाट प्रमाणीकरण गरिएको छ त्यसको विरोध गर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलको नेता राजेन्द्र लिङ्देनले लामो समयसम्म प्रमाणीकरण नगरेको भारत भ्रमण अघि किन प्रमाणीकरण गरियो यो विषयमा सरकारले जवाफ दिनुपर्ने बताए । उनले नागरिकता मात्रै नभएर राष्ट्रपतिले आममाफी दिएको विषयमा पनि आपत्ति रहेको बताए ।
उनले नागरिकता मात्रै नभएर राष्ट्रपतिले आममाफी दिएको विषयमा पनि आपत्ति रहेको बताए । भारत भ्रमणसहितको विषय प्रधानमन्त्रीले जवाफ नदिन्जेल यो संसद अघि बढ्न सक्दैन,’ लिङ्देनले भने ।
प्रतिपक्षमा रहेको प्रमुख प्रतिपक्षी दल एमाले, राप्रपा र रास्वपाले सदनमा अवरोध गरेपछि सभामुख घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका हुन् ।
प्रतिक्रिया