राष्ट्रियसभाको बैठकमा पनि एमालेको अवरोध, २९ मिनेटका लागि स्थगित
काठमाडौं । अघिल्लो संसदले पारित गरेर राष्ट्रपति कार्यालयमा प्रमाणिकरणमा पठाएको विधेयक अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा मनित्रपरिषद्को निर्णयका आधारमा प्रमणिकरण गरेर प्रक्रिया मिचेको र प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कालापानीको भूमिका विषयमा दिएको अभिब्यक्तिका बारेमा प्रमुख प्रतिपक्षी दलले आपत्ति जनाएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यस विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद बैठक चल्न नसक्ने भन्दै अवरोध गरेका थिए । एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ। आजै प्रतिनिधिसभाको बैठकमा पनि एमाले, रास्वपा र राप्रपाले अवरोध गरेपछि एक घण्टाको लागि बैठक स्थगित भएको थियो ।
राष्ट्रियसभाके बैठक भने २९ मिनेटका लागि स्थगित गरिएको छ । राष्टिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले बैठक २९ मिनेटका लागि स्थगित भएको जानकारी गराए।
प्रतिक्रिया