सोमबार, मंसिर १७, २०८१

राष्ट्रिय जनमोर्चाको वर्षभरीको आम्दानी-खर्चको यस्तो छ हिसाव

बर्षभरी २८ लाख १७ हजार आम्दानी गरेको जनमोर्चाको बैंकमा ७४ हजार र नेताहरुसँग १ लाख ३६ हजार सापटी लगेको पैसा बचत छ

मेरोन्यूज २०८० जेठ २१ गते १४:२२

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गत वर्षभरीमा ७४ हजार ६५९ रकम पार्टी कोषमा बचत गरेको छ । अन्य राजनीतिक दलका करोड बढी रकमका हिसाव बचतमा देखिँदा जनमोर्चाको वर्षभरीमा ७४ हजार बचत देखिएको हो ।

Advertisement

उसले कुलमा २८ लाख १७ हजार २३१ रुपैयाँ आम्दानी गर्दा सो बरारबरको रकम खर्च कटाएर बचत गरेको हिसाव सार्वजनिक गरेको छ । जनमोर्चाका महासचिव मनोज भटटले आइतबार वर्षभरीको आम्दानी खर्चको अडिट रिपोट सञ्चारमाध्यमका लागि समेत सार्वजनिक गरेका हुन् ।
२०७८ श्रावण देखि ०७९ असार मसान्तसम्मको आम्दानी खर्चको वासलात सार्वजनिक गरेका हुन् ।
जनमोर्चाले राष्ट्रि«य सम्मेलनमा सहयोग, कार्यालय कोटा, सांसद तलव प्रतिशत र जनप्रतिनिधि प्रतिशत,कोटा, लगायतलाई आम्दानीको स्रोतका रुपमा देखाएको छ । त्यसो गर्दा कुलमा २८ लाख १७ हजार २३१ रुपैया ७९ पैसा आम्दानी भएको हिसाव उसको छ ।

त्यस्तै खर्चमा उसले कार्यकर्तालाई सहयोगमा ८६ हजार, कार्यलय खर्चमा १ लाख ६ हजार, फोन खर्चमा ८२ हजार, प्रकाशन खर्च ४ हजार हिसाव देखाइएको छ ।

त्यसो गर्दा उसले कुलमा ७४ हजार ६५९ रुपैया अहिले बैंकमा बचत रहेको हिसाव देखाएको छ। यधपी उससँग थप १ लाख ३६ हजार पनि बचतको हिसावमा देखिएको छ । तर उक्त रकम सापटी दिइएको अवस्थामा देखाइएको छ ।

उसको हिसावमा कतिपय अपत्यारिला हिसाव देखिएको छ । राष्ट्रिय सम्मेलनका लागि सहयोग ५० हजार प्राप्त गरेको देखाइएको हिसावमा सम्मेलन खर्चमा भने २ हजार ५ सय १५ रुपैया देखाइएको छ । तर जनमोर्चाका केन्द्रीउय कोषाध्यक्ष मधु क्षेत्रीले सम्मेलन ०७७ चैतमा भएको र सम्मेलनको खर्च सार्वजनिक भएको भन्दा अघिल्लो वर्षकै हिसावमा देखिएको , बाँकी खर्च छुट मात्र अहिलेको हिसावमा देखिएको बताए ।

उनले केही सापटी रकम पार्टीका नेता कार्यकर्तालाई दिइएको बताए ।

हेर्नुहोस हिसाव

प्रतिक्रिया