गौर हत्याकान्डका दोषीलाई कारवाही माग गदै सर्वाेच्चमा मुद्दा दर्ता
काठमाडौं । १६ वर्ष अगाडी रौतहटको गौरमा घटेको सामुहिक हत्याकाण्डका दोषीलाई कारवाही माग गदै सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएको छ । पीडितका तर्फबाट त्रिभूवन साह समेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई मुद्दा आइतबार दर्ता गराएका हुन् ।
आइतबार दर्ता भएको मुद्दाको पेशी सोमबारका लागि नै तोकिएको छ ।
२०६३ चैत ७ मा रौतहटको गौरमा सामुहिक हत्याकाण्ड भएको थियो । १० वर्ष जनुयुद्द लडेर आएको तत्कालीन नेकपा माओवादी र त्यही बेला क्षेत्रीय दलका रुपमा उादाउादै गरेको मधेसी जनअधिकार फोरम (दुवै पार्टीका मुख्य नेतृत्व अहिले क्रमशः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताबीच एउटै स्थानमा कार्यक्रम गर्ने हठले सो घटना निम्त्याएको थियो। जहाँ माओवादीका २७ जनाको हत्या भएको थियो।
यही हत्याकाण्डको दोषीलाई कारवाहीको माग गदै अदालतमा मुद्दा दर्ता भएको हो ।
प्रतिक्रिया