सरकारलाई विपक्षी बनाएर गौर हत्या काण्डविरुद्ध मुद्दा दर्ता
मेरोन्यूज
२०८० जेठ २१ गते १४:४६
काठमाडौँ । रौतहटको गौरमा १६ वर्षअघि भएको हत्या काण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।
आइतबार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् । उक्त मुद्दाको पेशी भोलि सोमबारलाई तोकिएको छ ।
विं.सं. २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया