देशको समग्र हितको रक्षापछि मात्रै संसदमा गतिरोध अन्त्य : केपी ओली
मेरोन्यूज
२०८० जेठ २१ गते १५:०८
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठक अवरोधपछि संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हटाउने बताए । उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’
प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया