आइतबार, मंसिर ३०, २०८१

एक घण्टा रोकिएको प्रतिनिधिसभा बैठक भोलि मात्रै बस्ने निर्णय

मेरोन्यूज २०८० जेठ २१ गते १५:३१

काठमाडौँ । विपक्षी दल नेकपा एमालेसहित अन्य दलहरुूको अवरोधसँगै एक घण्टाका लागि स्थगित भएको संसद बैठक भोलि सोमबार बस्ने भएको छ ।

Advertisement

संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार बिहान ११ बजेसम्म स्थगित भएको जानकारी दिएको हो । आज बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै विरोध गरेका थिए ।

विपक्षी दलका सांसदहरूले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घण्टा बैठक स्थगित गरेका थिए । बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा भएको छलफलमा दलहरू सहमति हुन सकेको थिएन ।

प्रतिक्रिया