बैतडीमा भिरबाट लडेर १९ वर्षीय किशोरको मृत्यु
मेरोन्यूज
२०८० जेठ २१ गते १७:३३
बैतडी । बैतडीमा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका-५ का शंकर दत्त कलौनीका १९ वर्षीय छोरा प्रेम कलौनीको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार कलौनी भिरबाट करिब आठ सय मिटर तल खस्दा प्रेम कलौनीको टाउको तथा शरीरका विभिन्न भागहरुमा चोट लागि मृत्यु भएको हो ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया