भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले भारतीयलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले नेपालमा बहुमत पुर्याउन खोजेका आरोप लगाए ।
अंगिकृतबाट जन्मिएकालाई बंशजको नागरिकता दिनै नमिल्ने उनले तर्क गरेका छन् । संविधानमै त्यो कुरा राखेर नेपाललाई कमजोर पार्न खोजिएको उनले बताए ।
‘भारतीय शासकहरुले भनेका छन् नेपालमा एक करोड भारतीय छन् भनेर, एकातिर भूगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भूटान बनाउन प्रयत्न गरिराखेको छ,’ केसीले भने ।
नेपाललाई हिन्दु राज्य बनाउने मात्रै बनाउने नभई अखण्ड भारतमा सामेल गराउने तयारी भारतको रहेको उनले टिप्पणी गरे । यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएर आक्रोस पोखिरहेको बताएका छन् ।
एमालेले पनि यो विधेयक ल्याउन खोजेकोमा त्यसको जस लिन नपाउँदा उसलाई छटपटी भइरहेको उनको भनाइ थियो ।









सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
काठमान्डु गोर्खाजले टस जित्यो, पहिले ब्याटिङ गर्दै जनकपुर
काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया