बिहीबार, मंसिर २७, २०८१

घाइते फेला परेका पुरुषको मृत्यु

मेरोन्यूज २०८० जेठ २१ गते १९:३२

दार्चुला । जिल्ला सदरमुकाम खलंगा बसपार्क नजिक घाइते भई बेहोस अवस्थामा फेला परेका एक पुरूषको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको छ ।

Advertisement

आइतबार बिहान २ः३५ बजेको समयमा महाकाली नगरपालिका ४ स्थित जिप पार्क (पिपलवोट) नजिक बेहोस अवस्थामा फेला परेका नेपालगञ्ज उपमहानगर १९ घर भएका देव परियारको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

राति अचेत अवस्थामा फेला परेका परियारलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्‍याएको थियो । मृतक परियारको टाउँकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

उनको उपचारका क्रममा आइतबार बिहान ९ बजेर ४० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक परियार दार्चुलामा ज्यालादारीमा काम गर्दै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया