हरेकले आफ्नो जन्मदिनमा बिरूवा रोप्नुपर्छः मन्त्री महतो
काठमाडौं । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोवन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैँबाट सुधार गर्न जरुरी रहेको बताएका छन् ।
सोमवार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदुषणलाई कम गरी मैत्रीपूर्ण वातावरण बनाउन आफूबाट नै सुधारका काम थाल्न जरुरी रहेको उल्लेख गरे । सबै नेपाली नागीरकहरुले फोहोर गर्दिन भन्ने प्रण गर्न आवश्यक रहेको उनको भनाइ छ ।
मन्त्री महतोले अहिले विश्वको चुनौति भनेको जलवायु परिवर्तनको निर्मुल पार्नु रहेकाले नेपालबाट नै यसको थालनी गर्नुपर्ने बताए । उनले हरेक नेपालीहरुले आफ्नो जन्मदिनमा एक बिवा रोप्दै जाने हो भने देश हराभरा हुने बताए ।
मन्त्री महतोले प्लाष्टिकजन्य पदार्थको कम प्रयोग गरी पृथ्वी र प्रकृति बचाउन आवश्यक रहेको बताएका छन् ।
प्रतिक्रिया