आइतबार, मंसिर ३०, २०८१

प्रधानमन्त्रीलाई नेपालको भूमि अरुलाई दिने हक दिएको छैनः एमाले

मेरोन्यूज २०८० जेठ २२ गते ११:५९

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपालको भूमि अन्य मुलुकलाई दिने र भूमि सट्टापट्टा गर्ने अधिकार संविधानले नदिएको बताएको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सचिवसमेत रहेका प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको भूमि सट्टापट्टाबारे धारणा राख्दै भूमि सट्टापट्टा गर्ने अधिकार प्रधानमन्त्रीलाई कसैले नदिएको बताएका हुन् ।

Advertisement

‘नेपालको भूमि अरु कुनै मुलुकलाई दिने हक प्रधानमन्त्रीलाई संविधानले दिएको छैन,’ भट्टराईले संसद्मा भने ।
एमालेले नागरिकताको समस्या, एकले अर्कोलाई आरोप लगाउने तवरले बहस गर्नु नहुने बताएको छ । यो समस्या दीर्घकालिन रुपमा समाधान गर्नुपर्ने भट्टराईले बताएका छन् ।

‘नागरिकतासम्बत्री समस्या दीर्घकालिन रुपमा समाधान गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । खास नेपालीले नागरिकता पाउनुपर्छ गैह्र नेपालीले पाउन हुदैन भन्ने हो,’ भट्टराईले भने ।

प्रतिक्रिया