बुधबार, मंसिर १९, २०८१

सीमा समस्याबारे भारतीय प्रधानमन्त्री पहिलो पटक बोल्नु सकारात्मक : प्रधानमन्त्री

मेरोन्यूज २०८० जेठ २२ गते १२:१६

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमाबारे लामो समयपछि स्पष्ट बोल्नुलाई सकारात्मक रूपमा लिनु पर्ने बताएका छन् ।

Advertisement

प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सीमा समस्या समाधानका लागि भारत भ्रमणका क्रममा आफूले प्रष्टताका साथ कुरा राखेको र त्यसपछि मोदीबाट त्यस्तो धारणा आएको बताएका हुन् ।

जेठ १७ देखि २० गतेसम्म भएको भारत भ्रमणबारे सोमबारको प्रतिनिधि सभाको बैठकमा जवाफ दिने क्रममा भने, ‘मैले भारत भ्रमणका क्रममा नरेन्द्र मोदीजीसँग सीमा समस्यासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भनेको छु । हाम्रो वार्तापछिको संयुक्त प्रेस मिटमा पनि मोदीजीले सीमा लगायत थाँती रहेका विषय समाधान गरिनेछ भन्नु भएको छ। यो पहिलो पटक हो।’

उनले नेपाल–भारतबीच रहेका सीमाबाहेक डुबान समस्यबारे पनि आफूले कुरा राखेको बताए। दाहालले यही मनसुनअघि नै डुबान रोक्ने उपायबारे दुई देशका संयन्त्रले विकल्प खोज्ने पनि बताए।

प्रतिक्रिया