प्रधानमन्त्रीको संसदमा प्रष्टीकरण- कालापानीसँग भूमि साट्ने प्रस्ताव आफूले कहीँ गरेको छैन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासँग भूमि साट्ने प्रस्ताव आफूले कहीँ नगरेको प्रष्टीकरण दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले प्रधानमन्त्रीलाई नेपालको भूमि साट्ने अधिकार कसले दियो भनी संसदमा प्रश्न उठाएपछि प्रष्टीकरण दिन संसदमा पुगेका प्रधानमन्त्रीले आफुलेक ँही कतै पनि त्यसतो नभनेको बताएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा आफैँले प्रष्टसँग कुरा उठाएको र भारतीय प्रधानमन्त्रीले पनि सीमाको समस्या समाधान गर्ने विषयमा पहिलो पटक बोलेको भन्दै यसलाई त्यसरीनै बोलेको प्रधानमन्त्री प्रचण्डले बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘मैले कहीँ पनि विकल्प यो हुन्छ भनेर प्रस्ताव गरेको छैन । प्रष्ट होस् । कहीँ कोही कम्फ्युजन नहोस् । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा प्रष्ट छु । मैले त्यही अनुसार भूमिका खेलेको छु ।’
उनले भने, ‘नेपाल र भारतबीच बहुआयामिक घनिष्ट सम्बन्धलाई समानता र आपसी लाभको आधारमा ठूलो योगदान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त कुराकानीबाट विश्वासको नयाँ वातावरण सिर्जना भएको छ । थाती रहेको विषयलाई सम्बोधन गर्न सकिने विश्वासको आधार तय भएको छ ।’
उनले भारतीय प्रधानमन्त्रीलाई आफूले पनि नेपाल भ्रमणको निम्ता गरेको उल्लेख गर्दै उपयुक्त समयमा आउने बताएको जनाए ।
कतिपय बुद्दिजिवीले वंगलादेश मोडल पनि हुनसक्छन् भनेर भनेको विषयमात्र आफुले बोलेको तर त्यो आफनो भनाईका रुपमा नभनको प्रधानमन्त्रीको प्रष्टीकरण थियो ।
आफुले मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएको उल्लेख गदै मोदीले पहिलो पटक प्रष्ट सँग सीमाका बारेमा प्रष्ट समाधान खोज्न सकिने बारेमा बोलेको ब्यक्त गरे । यसललाई सवैले खुसी मान्नुपर्ने प्रधानमन्त्रीको दावी थियो । प्रधानमन्त्रीले सीमाका बारेमा आफुले कुनै विकल्प नराखेको बताए ।
कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा आफुले प्रष्ट सँग राखेको र यस बारेमा विकल्प यो भनेर आफुले कुनै कुरा नराखेको बताए ।
प्रधानमन्त्रीले आफनो भ्रमण सफल मात्र नभइृ तुलनात्मक रुपमा परिणाममुखी पन िभएको बताए । उनले भ्रमणलाई लिएर एक अर्कालाई कमजोर देखाउने, होच्याउने भन्दा आर्थिक एजेण्डामा बढी केन्द्रीत रहेर छलफल भएको बताए ।
उनले राजनीतिक रुपमा आउने दिनमा विश्वासको वातावरण बनाउन काम भएको र दीर्घकालिन विधुत ब्यापार सम्झौता, आथिर्क षेत्रका कतिपय विषयमा केन्द्रीत रहेर छलफल भएको जिकिर गरे ।
प्रतिक्रिया