‘प्रधानमन्त्री भैँसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन
मेरोन्यूज
२०८० जेठ २२ गते १३:२९
काठमाडौँ । सभामुख देवराज घिमिरेले भारत भ्रमण पूरा गरी स्वदेश फर्किंदा प्रधानमन्त्री ‘भैँसी चढेर आउनु भयो’ भन्ने शब्द रेकर्डबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधनका क्रममा बोलिएको ‘भैँसी चढेर’ शब्द तथा अन्य सांसदहरूले बोलेको ‘प्रधानमन्त्री भैँसी चढेर आउनु भयो’ भन्ने शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।
यस विषयले बैठकमा केही बेर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच नियमापत्ति जनाउन होडबाजी चलेको थियो ।
सम्बन्धित
प्रतिक्रिया