शनिबार, मंसिर २९, २०८१

संसदमा सत्तापक्षको दादागिरी देखाउन नखोजोस् : रवि लामिछाने

मेरोन्यूज २०८० जेठ २२ गते १३:५७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता पक्षलाई संसदमा दादागिरी नदेखाउन आग्रह गरेका छन् ।

Advertisement

‘प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर सोही शब्द भन्दा केही नहुने, दृष्टान्त स्वरूप हाम्रो सांसदले भनेको शब्द हटाउने भए हटाऔं ठीक छ, त्यसो भए प्रधानमन्त्रीले भनेको शब्द पनि हटाऔं, हामीलाई केही आपत्ति छैन,’ उनले भने, ‘सत्तापक्ष पेलेर जान खोज्छ भने थाहा होस् सत्तापक्षको सदन होइन, प्रतिपक्षको सदन हो, प्रतिपक्षको उपस्थितिलाई सत्तापक्षले दादागिरी देखाउन नखोजोस् ।’

प्रधानमन्त्रीको भारत भ्रमणजस्तो संवेदनशील विषयमा छलफलका लागि ३० सेकेण्ड र १ मिनेट दिएर मजाक गर्न खोजेको भन्दै उनले प्रश्न गरे ।

प्रतिक्रिया