बिहीबार, मंसिर २७, २०८१

प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो : ओली

पारवहान सुविधा जमिनसँग सट्टापट्टा गर्ने विषय होइन

मेरोन्यूज २०८० जेठ २२ गते १५:४७

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको बताए । उनले प्रतिनिधिसभाको बैठकलाई सम्वोधन गदै त्यस्तो बताएका हुन् ।

Advertisement

ओलीले आफनो सीमाका बारेमा डराई डराई बोल्नुपर्ने किन भन्दै यस विषयमा प्रधानमन्त्रीले दह्रोसँग आफनो देशको बारेमा अडान लिन नसकेको बताए ।

उनले प्रधानमन्त्रीकोभ नाईले उत्सापहित हुनुपर्नेमा आशंका गरेर झन् तरंगित हुनुपर्ने अवस्था आएको बताए ।

‘देश उत्सािहित हुनुपर्नेमा देशलाई तरंगित बनाएको छ प्रधानमन्त्रीको भारत भ्रमणले’ ओलीले भने,–‘प्रधानमन्त्रीको भनाई नै रेकर्ड छ, बंगलादेश जाने बाटोबाट जान सकिने सस्वर आएको छ । पारवाहानको सुविधा सटटा पटटाको विषय हुन सक्दैन ।’

बंगलादेश सम्म जानका लागि हामीले कुनै वाटो पाउनुपर्छ भन्ने कुरा कुनै प्रश्न नै होइन भन्दै ओलीले बंगलादेश जानसम्मको बाटो पाउनका लागि भन्ने शब्द जसरी उच्चारण भयो, त्यो नेपालको तर्फबाट अत्यन्त कमजोर ढंगले उठेको बताए ।

‘जमिन दिने भन्ने कुरा सोच्नै सकिदैन,’ ओलीले संविधानमा र कानुनमा यस्तो कुरा हुनै नसक्ने बताए । सुगौली सन्धिभन्दा ठूलो तथ्य प्रमण के हुनसक्छ भन्दै ओलीले प्रधानमन्त्रीकोभ ारत भ्रमण फितलो भएको बताए ।

उनले नेपालको संसदले सर्वसम्मतले संविधान संशोधन सिंगै दुइटै सदनले सर्वसम्मतले पातिर गरेको र त्यसमा कसैको विरोध नभएको स्मरण गराउँदैं ओलीले संविधानमा सामेल गरेको बताए ।

सुगौली सन्धिले तोकेको भूमि, सुगौली सन्धिले तोकेको भूमि दुनियाँमा भएका नक्साले सदर गरेको ओलीले बताए ।

नेपालको शिर ठाडो हुने गरी प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा राख्नै नसकेको उनले बताए । प्रोटोकल पनि नभएको भन्दै उनले परराष्ट्रमन्त्री कता, अर्थमन्त्री कता को कता जस्तो छ, तर उहााको छोरी, परिवारका सदस्यलाई राख्ने ? भन्दै उनले प्रोटोकलका बारेमा पन िप्रश्न उठाए ।

उनले फष्ट लेडी श्रीमतिलाई मात्र राख्न मिल्ने र भन्न मिल्ने भन्दै परिवारका अन्य सदस्यलाई त्यो स्टान्डर्ड नहुने उनले बताए । फष्ट लेडि भनेर परिवारका अन्य सदस्यलाई भन्न नमिल्ने ओलीले बताए ।

प्रतिक्रिया