ओलीले भने- ओहो प्रधानमन्त्रीको फूर्तिफार्ति, सारा जितेर फर्केको सिकन्दरजस्तो
प्रधानमन्त्रीले ल्याएको यथार्थमा १५ वटा राँगा नै हो, चढेर ल्याएपनि डोर्याएर ल्याएपनि
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीले भारत भ्रमणमा कुनै नयाँ काम नगरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीले के-के न गरे भनेर फूर्तिफार्ति लगाएर आएपनि उनले प्रधानमन्त्रीको भ्रमण फितलो र कमजोर बनेको बताए ।
‘अव फूर्तिफार्ति प्रधानमन्त्रीको, ओहो सारा जितेर फर्केको सिकन्दरजस्तो, सब फाँडेर आएको जस्तो, विजयी जस्तो…सारा गरेको जस्तो,’ ओलीले भने,–‘उहाँले साच्चै ल्याएको १५ वटा राँगा नै हो, चढेर आएपनि, डोरयाएर ल्याएपनि । यथार्थमा यसपल्ट ल्याएको भनेकै १५ वटा राँगा नै हो ।’
ओलीले कुनै नयाँ पोजेक्ट नल्याएको भन्दै नयाँ पोजेक्टका रुपमा फुकोट कर्णाली बाहेक अरु केही नगरेको बताए ।
उनले अमलेखगन्जमोतियारी र लोथरसम्मको विषयमा उहिल्यै सहमति भएको, शिलान्यास र उदघाटन समेत भएको र उक्त कुरा आफनो पालामै भईसकेको पनि जिकिर गरे । उनले कति कति मिटर आएपछि थप सिलान्यास गर्ने भन्दै प्रश्न गरे ।
‘कति कति मिटर गरेपछि शिलान्यास गदै जानुहुन्छ ?’ओलीले प्रश्न गरे ।
उनले प्रधानमन्त्रीका रुपमा भ्रमणमा गएपछि राष्ट्रिय इन्टेष्टमा काम गर्नुपर्नेमा त्यसो हुन नसकेको पनि आरोप लगाए । ओलीले प्रधानमन्त्रीलाई माओवादी केन्द्रको अध्यक्षका रुपमा मात्र काम नगर्न आग्रह गरे ।
उनले जनयुद्द दिवसमा सार्वजनिक बिदा दिएको विषयलाई फेरि पनि संसदमा उठाए । उनले कांग्रेसले यस विषयमा के गर्छ उसैले जानुन भन्दै यस्तो गर्न नहुने बताए ।
प्रतिक्रिया