आइतबार, वैशाख २७, २०८३

आयरल्याण्डको एक सहरमा बालबालिकाका लागि मोबाइल प्रतिबन्ध

मेरोन्यूज २०८० जेठ २२ गते १६:४९

आयरल्याण्डको ग्रेस्टोन सहरमा प्राथमिक विद्यालयका बालबालिकाका लागि स्मार्टफोन प्रतिबन्धित हुने भएको छ ।

Advertisement
NiccNicc

आठ प्राथमिक विद्यालयका बालबालिकाका अभिभावक एकजुट भएर बन्दको माग गरेका हुन् । सुरक्षाका लागि र आफूलाई उपयुक्त नहुने सामग्री हेर्नबाट रोक्न यो प्रतिबन्ध लगाइएको अभिभावकहरू बताउँछन्।

सामाजिक सञ्जालको प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्यमा असर पुग्ने हुनाले यसको ख्याल राख्न पनि यो नियम बनाइएको हो। यहाँ अब माध्यमिक विद्यालय नपुगेसम्म बालबालिकालाई स्मार्टफोन प्रयोग गर्न दिइने छैन।

प्रतिक्रिया