बिहीबार, मंसिर २७, २०८१

सरकारको कमजोरी वा सफलता अन्तरिम आदेशपछि थाहा हुन्छ : मन्त्री शर्मा

मेरोन्यूज २०८० जेठ २२ गते १८:२९

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सर्वोच्च अदालतबाट अल्पकालीन आदेश आउँदैमा सरकारको कमजोरी भन्न नमिल्ने बताएकी छन् । सोमबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

Advertisement

मन्त्री शर्माले सरकारले गरेको अनुरोधमा राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको र त्यसकै विरुद्धमा सर्वोच्चमा परेको मुद्दामा अदालतले अल्पकालीन आदेश दिएको बताइन् । उनले सर्वोच्चबाट अन्तरिम आदेश आइसकेपछि मात्रै सरकारको कमजोरी वा सफलता भन्ने कुरा औँल्याउन सकिने बताएकी थिइन् ।

उनले संविधानले राष्ट्रपतिलाई संसदका दुवै सदनले दोस्रोपटक पनि पारित गरेर पठाइसकेपछि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि के हुन्छ ? भन्नेबारेमा परिकल्पना नगर्दा यो समस्या आएको बताएकी थिइन् । उनले राष्ट्रपतिबाट होल्ड हुने कुराले हरेक राष्ट्रपतिले सांसदले पारित गरेका कानून, विधेयक, ऐनलाई होल्ड गर्दा संविधान, लोकतन्त्रमाथि प्रश्न उठ्ने बताइन् ।

‘कुनै पनि विषय सर्वोच्च अदालतमा गयो भन्दैमा सरकारको कमी कमजोरी भयो भन्ने हुँदैन, अदालतले निक्र्यौल गर्ला, अहिले अन्तरिम आदेश मात्रै गरेको छ, जुन अन्तिम फैसला हुन्छ, अन्तिम फैसलापछि मात्रै थाहा हुन्छ, के गरेको थियो,’ उनले भनिन् ।

‘राष्ट्रपति कहाँ गएर होल्ड भएका विषयलाई यसरी मार्ने हो भने भोलि हरेक राष्ट्रपतिले सांसदले पारित गरेका कानून, विधेयक, ऐनलाई यसरी होल्ड गरे संविधान, लोकतन्त्र के हुन्छ ? सरकारले उपयुक्त विकल्प ठानेर अनुरोध गरेका हौँ । अब अदालतले आदेश दिएपछि एउटा नजिर बस्नेछ,’ उनले थपिन् ।

मन्त्री शर्माले असंसदीय भाषा मेटाइसकेको र सांसदहरुले पनि संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया