सोमबार, मंसिर १७, २०८१

संसद अवरोध हुनु संसदीय अभ्यासकै पाटो हो : रमेश लेखक

मेरोन्यूज २०८० जेठ २२ गते १८:३७

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अवरुद्ध हुने कुरा संसदीय अभ्यासकै पाटो भएको बताएका छन् । सोमबार संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

उनले संसद राजनीतिक थलो भएको र संसदमा विभिन्न विचार धाराका पार्टी र नेताहरू एक ठाउँमा छलफल गर्ने थलो भएको बताए । उनले संसद अवरुद्ध हुने विषय अनौठो र हुँदै नहुने विषय नभएको बताएका थिए ।

‘संसद भनेको राजनीतिक थलो हो, फरक फरक राजनीतिक विचार भएका राजनीतिक दलहरू र मानिसहरूको एकै ठाउँमा बसेर छलफल गर्ने थलो भएकाले विभिन्न विषयमा फरक फरक धारणा हुन्छन्, फरक फरक धारणाका बीचमा उत्पन्न हुने गर्छन्,’ उनले भने ।

‘यस्तो वातावरण कहिले बन्छ, संसद अवरुद्ध हुने विषय एकदमै अनौठो, हुँदै नहुने भन्ने होइन, यसलाई कम गर्दै लजानु पर्छ, तर संसद अवरुद्ध हुने कुरा भनेको संसदीय अभ्यासकै एउटा पाटो हो,’ उनले थपे । उनले संसद अवरोधलाई भने कम गर्दै लैजानु पर्ने बताए ।

प्रतिक्रिया