डुबेर ११ वर्षीया बालिकाको मृत्यु
मेरोन्यूज
२०८० जेठ २२ गते १९:०५
नवलपरासी । जिल्लाको रामग्राम नगरपालिका १० नदुवास्थित माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँस्थित पेप्सी फ्याक्ट्रीमा काम गर्ने खोटाङ दिपरुङ गाउँपालिका २ घर भएका लेखराज खत्रीकी छोरी ११ वर्षीया युनिषा खत्री रहेकी छन् ।
डुबेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, घाइते भएकी लेखराजकै छोरी ७ वर्षीया मुना खत्रीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया