एसियन कप छनोटमा नेपाल र म्यान्मा भिड्ने

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा चीन, म्यान्मा र चाइनिज ताइपेइ छन् ।
नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
नेपाली टोलिका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको जनाउँदै हरेक खेल जित्नकै लागि खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “फिफा वरियतामा हामीभन्दा माथि भएका टिम छन् तर हामी उच्च मनोबलका साथ मैदान उत्रने छौँ ।”
नेपाली टोलीको गोलरक्षकमा कविता विक, लीला जोशी र सावित्री किसान छन् भने डिफेन्डरमा सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ छ्न ।
यसैगरी मिडफिल्डरमा सरस्वती हमाल, मनमाया दमाईं, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य र अञ्जली मचामासी छन् । फरवार्डमा गरिमा राई, अमिषा कार्की, ममता पुन र सन्दिपा भोलान छन् ।
यसैगरी नेपाले यही जेठ २५ गते चीनसँग खेल्नेछ भने यही जेठ २७ गते चाइनिज ताइपेइसँग खेल्नेछ ।









नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया