शुक्रबार, वैशाख २५, २०८३

चीनमा उच्च गर्मी, औद्योगिक गतिविधि ठप्प

मेरोन्यूज २०८० जेठ २४ गते १६:२७

काठमाडौं ।चीनमा १५० वर्ष यताकै उच्च गर्मी बढेको छ। उच्च गर्मीसँगै बढ्दो खडेरीका कारण विभिन्न उद्योगहरू समेत बन्द भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Advertisement
NiccNicc

उच्च गर्मीका कारण जियाङ्सु प्रान्तमा सयौं सुँगुर तथा खरायोहरू मरेका छन्। गुआङ्सीमा पनि पानीको तापक्रम बढेपछि पालिएका माछाहरू धमाधम मर्न थालेका छन्। गर्मीका कारण चीनमा कृषि र औद्योगिक गतिविधिमा समेत जोखिम उत्पन्न गराएको छ।

बिजुलीको माग गत वर्षको तुलनामा यो वर्ष उच्च तहमा पुग्दा खडेरीका कारण जलविद्युत उत्पादनमा असर परेपछि केही भागमा महिनौंदेखि औद्योगिक गतिविधि रोकिएको छ।

याङ्त्जे नदी बेसिन वरपर,देशको प्रमुख धान उत्पादन गर्ने क्षेत्र पानीको अभावले प्रभावित भएको छ। बेइजिङमा आज तापक्रम ३७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनलाई खडेरीले गम्भीर धक्का लागेको छ।

प्रतिक्रिया