भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको हो : प्रमुख आयुक्त राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको भएको बताएका छन् ।
आइतबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको भएको बताएका हुन् ।
उनले सरकारले सुशासन कायम गर्ने प्रयास गर्नु पर्ने बताउँदै तिनै तहको सरकारले बनाएका ऐन, नियम, कानून र नीतिभित्र रहेर कर्मचारीले काम गरेमा भ्रष्टाचार नहुने बताए ।
‘हेर्दाखेरी समाजलाई भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार मात्रै हो कि भनेजस्तो सोच विकास भएको छ, त्यो होइन, भ्रष्टाचारको नियन्त्रण भनेको सबभन्दा पहिला सरकारको हो, सरकारले सुशासन कायम गर्न प्रयास गर्नुपर्छ,’ उनले भने, ‘संघीय, प्रदेश र स्थानीय सरकारले बनाएका ऐन, नियम, कानून, नीतिभित्र रहेर काम कर्मचारीले गर्नु पर्यो, त्यो ऐन, नियम र कानूनको परिधिभित्र रहेर कर्मचारीले काम गर्छन् भने त्यहाँ भ्रष्टाचार हुँदैन ।’
यस्तै, जिम्मेवारीमा रहेका सबैले आ-आफ्नो काम, कर्तव्य र अधिकारलाई पूरा गर्नु पर्ने उनको भनाइ थियो । प्रमुख आयुक्त राईले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको अन्तिम अवस्थामा मात्रै अख्तियार दुरुपयोग अनुसन्धानको काम आउने उल्लेख गरे ।
उनले प्रधानमन्त्री, मन्त्रीहरू ठिक ठाउँमा हुनु पर्ने बताउँदै सचिवहरु पनि ठिक ठाउँमा बसेर काम गर्नु पर्ने बताए । ‘हामी त अन्तिममा यति गर्दा गर्दै पनि भ्रष्टाचार हुन्छ र भ्रष्टाचार नियन्त्रण गर्नका लागि हामीलाई संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर हामीले काम, कारबाही अगाडि बढाउने हो,’ उनले भने ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्लो प्रयासले मात्रै भ्रष्टाचार नियन्त्रण हुन नसक्ने दाबी गरे । भ्रष्टाचारको अन्त्यका लागि राज्य, समाज र आम नागरिकको भूमिका हुने उनले बताए ।
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया