विश्वकप छनोट : नेपालको बलिङमा जिम्बाव्वे हाबी, ८ विकेटले पराजित

काठमाडौँ । विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । जिम्बाव्वेविरुद्ध कमजोर बलिङ गरेको नेपाल पराजित हुन पुगेको हो ।
नेपालले दिएको २९१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जिम्बाव्वे आठ विकेटले विजयी भएको हो ।
जिम्बाव्वेविरुद्ध नेपालले विशाल लक्ष्य दिए पनि बलिङ कमजोर हुँदा पराजित बन्न पुगेको हो । नेपालका लागि सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिए ।
ब्याटिङतर्फ नेपालका लागि ओपनर कुशल भुर्तेलले ९९ रन बनाए । ९५ बल खेलेका उनले १३ चौका र दुई छक्का प्रहार गरे ।
अर्का ओपनर आसिफ शेखले ६६ रन बनाए । सय बल सामना गरेका उनले सात चौका प्रहार गरे ।
यस्तै, कुशल मल्ल ४१ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ३१ रन बनाए । गुल्सन झाले १३ रन बनाउँदा भीम सार्कीले खाता खोल्न सकेनन् ।
जिम्बाव्वेका लागि कप्तान क्राइग एर्भिन सर्वाधिक नटआउट १२१ रन बनाए । यस्तै, सेन विलियन्सले नटआउट १०२ रन बनाए ।
















अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया