विश्वकप छनोट : नेपालको बलिङमा जिम्बाव्वे हाबी, ८ विकेटले पराजित

काठमाडौँ । विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । जिम्बाव्वेविरुद्ध कमजोर बलिङ गरेको नेपाल पराजित हुन पुगेको हो ।
नेपालले दिएको २९१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जिम्बाव्वे आठ विकेटले विजयी भएको हो ।
जिम्बाव्वेविरुद्ध नेपालले विशाल लक्ष्य दिए पनि बलिङ कमजोर हुँदा पराजित बन्न पुगेको हो । नेपालका लागि सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिए ।
ब्याटिङतर्फ नेपालका लागि ओपनर कुशल भुर्तेलले ९९ रन बनाए । ९५ बल खेलेका उनले १३ चौका र दुई छक्का प्रहार गरे ।
अर्का ओपनर आसिफ शेखले ६६ रन बनाए । सय बल सामना गरेका उनले सात चौका प्रहार गरे ।
यस्तै, कुशल मल्ल ४१ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ३१ रन बनाए । गुल्सन झाले १३ रन बनाउँदा भीम सार्कीले खाता खोल्न सकेनन् ।
जिम्बाव्वेका लागि कप्तान क्राइग एर्भिन सर्वाधिक नटआउट १२१ रन बनाए । यस्तै, सेन विलियन्सले नटआउट १०२ रन बनाए ।









नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
प्रतिक्रिया