हिन्दी सिनेमा चलाउन नपाएपछि हल सञ्चालकहरू अदालत जाने

काठमाडौं । काठमाडौं महानगरपालिकाले हिन्दी सिनेमा प्रदर्शन गर्न नदिएपछि हल सञ्चालकहरू त्यसविरुद्ध अदालत जाने भएका छन् ।
काठमाडौं महानगरपालिकाभित्रका सिनेमा घरमा आजबाट हिन्दी सिनेमा चलाउन नदिने निर्णय नगरप्रमुख बालेन्द्र साहले गरेका थिए ।
नगरप्रमुख साहको निर्णयविरुद्ध अदालत जानका लागि आफूहरू कानुन व्यवसायीहरूसँग छलफलमा रहेको क्यूएफएक्सका सञ्चालकमध्येका एक भाष्कर ढुंगानाले बताए । उनले आजै आफूहरू अदालत जाने तयारीमा जुटेको जानकारी पनि दिए ।
संघीय सरकारले हिन्दी सिनेमा ‘आदिपुरुष’ सेन्सर गरेर चलाउन अनुमति दिएको थियो । तर काठमाडौँ महानगरले रोकेपछि संघ सरकारको निर्णय स्थानीय सरकारले रोक्न नमिल्ने भन्दै हल सञ्चालकहरू अदालत जान लागेका हुन् ।
सिनेमा चलाउन दिने अधिकार संघ सरकारको हो कि स्थानीय सरकारको हो स्पष्ट हुनुपर्ने हल सञ्चालकहरूको भनाइ छ ।
सञ्चार मन्त्रालयले विज्ञप्ति निकालेर सिनेमा चलाउन दिने वा नदिने स्पष्ट नगरी ध्यानाकर्षण भएको उल्लेख गरेको छ । सेन्सर बोर्डले सेन्सर गरेर चलाउन दिएपछि चलाउन पाउनु पर्ने उनीहरूको तर्क छ ।
नगर प्रमुख साहले भने हिन्दी सिनेमा ‘आदिपुरुष’मा सीता भारतकी छोरी हुन् भन्ने संवाद हटाउन माग गरेका थिए ।
‘आदिपुरुष’मा रहेको विवादित संवाद हटाउन तीन दिनको समय दिए पनि सो संवाद नहटाइ भारतसहित विश्वभर चलाइएको भन्दै काठमाडौंका हलमा आजदेखि कुनै पनि हिन्दी सिनेमा चल्न दिइएको छैन ।

















अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया