हिन्दी सिनेमा चलाउन नपाएपछि हल सञ्चालकहरू अदालत जाने

काठमाडौं । काठमाडौं महानगरपालिकाले हिन्दी सिनेमा प्रदर्शन गर्न नदिएपछि हल सञ्चालकहरू त्यसविरुद्ध अदालत जाने भएका छन् ।
काठमाडौं महानगरपालिकाभित्रका सिनेमा घरमा आजबाट हिन्दी सिनेमा चलाउन नदिने निर्णय नगरप्रमुख बालेन्द्र साहले गरेका थिए ।
नगरप्रमुख साहको निर्णयविरुद्ध अदालत जानका लागि आफूहरू कानुन व्यवसायीहरूसँग छलफलमा रहेको क्यूएफएक्सका सञ्चालकमध्येका एक भाष्कर ढुंगानाले बताए । उनले आजै आफूहरू अदालत जाने तयारीमा जुटेको जानकारी पनि दिए ।
संघीय सरकारले हिन्दी सिनेमा ‘आदिपुरुष’ सेन्सर गरेर चलाउन अनुमति दिएको थियो । तर काठमाडौँ महानगरले रोकेपछि संघ सरकारको निर्णय स्थानीय सरकारले रोक्न नमिल्ने भन्दै हल सञ्चालकहरू अदालत जान लागेका हुन् ।
सिनेमा चलाउन दिने अधिकार संघ सरकारको हो कि स्थानीय सरकारको हो स्पष्ट हुनुपर्ने हल सञ्चालकहरूको भनाइ छ ।
सञ्चार मन्त्रालयले विज्ञप्ति निकालेर सिनेमा चलाउन दिने वा नदिने स्पष्ट नगरी ध्यानाकर्षण भएको उल्लेख गरेको छ । सेन्सर बोर्डले सेन्सर गरेर चलाउन दिएपछि चलाउन पाउनु पर्ने उनीहरूको तर्क छ ।
नगर प्रमुख साहले भने हिन्दी सिनेमा ‘आदिपुरुष’मा सीता भारतकी छोरी हुन् भन्ने संवाद हटाउन माग गरेका थिए ।
‘आदिपुरुष’मा रहेको विवादित संवाद हटाउन तीन दिनको समय दिए पनि सो संवाद नहटाइ भारतसहित विश्वभर चलाइएको भन्दै काठमाडौंका हलमा आजदेखि कुनै पनि हिन्दी सिनेमा चल्न दिइएको छैन ।









हाम्रो मुख्य लक्ष्य चुनाव हो, यसैको वातावरण बनाउँदै छौं : मन्त्री खरेल
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया