अनिता यादव बनिन् ‘द मिसेस नेशनल’ २०२३

काठमाडौं । विवाहित महिलाहरुबीच ललितपुरमा सम्पन्न सौन्दर्य प्रतियोगिता ‘द मिसेस नेशनल २०२३’ को ताज अनिता यादवले चुमेकी छन् । क्रिजोना मिडिया ग्रुपले ललितपुरको म्युजिक सिटी हलमा आयोजना गरेको प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछाडि छोड्दै अनिताले उपाधि जितेकी हुन् ।
उनले भ्युवर्स च्वाईस अवार्डलाई पनि आफ्नो बनाउन सफल भइन् । लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा दीपा थानी फस्ट रनर्सअपका साथ वेस्ट पर्सनालिटी र समिक्षा अग्रवाल सेकेन्ड रनर्सअपका साथ मस्ट ट्यालेन्टेड भएका थिए ।
विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको प्रतियोगितामा अञ्विता श्रेष्ठ मस्ट पपुलर र मस्ट डिसीप्लेन, किरण शाह मस्ट चार्मिङ, अल्का यादव मस्ट इनोसेन्ट, रीना राय मस्ट आइकोनिक, विभा यादव वेस्ट स्माइल, विन्दु शाह मस्ट फोटोजेनिक, अस्मिता ठाकुर मस्ट कन्फिडेन्ट, सिर्जना खाँण वेस्ट फिगर र सिर्जना यादव वेस्ट वाक उपउपाधि विजेता भए।
प्रतियोगिता मोडल दीपक घिमिरे, एभरेष्ट फिल्म एकेडेमीका संस्थापक विशाल श्रेष्ठ, फेसन डिजाइनर सुकनीता चौलागाईं र जुम्बा इन्सट्रक्टर प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए ।
आयोजक संस्था क्रिजोना मिडिया गु्रपका प्रवन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलाहरुलाई चार घेरभित्र बाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरुमा अन्र्तनिहीत प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्येश्यले द मिसेस नेशनलको आयोजना गरिएको बताए ।


















दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया