मंगलबार, वैशाख २२, २०८३

आईसीसी विश्वकप छनोट : अमेरिकासँग प्रतिष्पर्धा गर्दै नेपाल

मेरोन्यूज २०८० असार ५ गते ७:००

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिष्पर्धा गर्दैछ । पहिलो खेलमा जिम्बाबेसँग पराजित भएको नेपाललाई सुपर सिक्समा पुग्न अमेरिकासँगको खेल जित्न पर्छ ।

Advertisement
NiccNicc

नेपाल र अमेरिकाबीचको खेल जिम्बाबेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबको मैदानमा हुनेछ। खेल नेपाली समयानुसार मध्याह्न १२ः४५ बजेदेखि सुरु हुनेछ।

पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग ८ विकेटले पराजित भएको नेपालका लगि अब हुने खेलहरु निकै महत्त्वपूर्ण छन्।

प्रतियोगितामा पहिलो जित दर्ता गरी सुपर सिक्समा पुग्ने सम्भावना कायमै राख्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ। वेस्ट इन्डिजसँग भएको पहिलो खेलमा पराजित भएको अमेरिकालाई पनि दोस्रो खेल जित्नै पर्ने दबाब छ।

नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो।

प्रतिक्रिया