आईसीसी विश्वकप छनोट : अमेरिकासँग प्रतिष्पर्धा गर्दै नेपाल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिष्पर्धा गर्दैछ । पहिलो खेलमा जिम्बाबेसँग पराजित भएको नेपाललाई सुपर सिक्समा पुग्न अमेरिकासँगको खेल जित्न पर्छ ।
नेपाल र अमेरिकाबीचको खेल जिम्बाबेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबको मैदानमा हुनेछ। खेल नेपाली समयानुसार मध्याह्न १२ः४५ बजेदेखि सुरु हुनेछ।
पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग ८ विकेटले पराजित भएको नेपालका लगि अब हुने खेलहरु निकै महत्त्वपूर्ण छन्।
प्रतियोगितामा पहिलो जित दर्ता गरी सुपर सिक्समा पुग्ने सम्भावना कायमै राख्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ। वेस्ट इन्डिजसँग भएको पहिलो खेलमा पराजित भएको अमेरिकालाई पनि दोस्रो खेल जित्नै पर्ने दबाब छ।
नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो।









मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
एनपिएलमा आज दुइ खेल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
प्रतिक्रिया