योग वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवस २०८० को सन्दर्भमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रधनमन्त्री दाहालले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र मनोवैज्ञानिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताए ।
‘नियमित योगअभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमतामा बृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउने लगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने यसक्षेत्रका अनुभवी व्यक्तिहरूको ज्ञान र अनुभववाट हामीले सिक्नुपर्दछ,’ प्रधानमन्त्री दाहालले कार्यक्रममा भने ।
नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको प्रधानमन्त्री दाहालले बताए ।

नेपाल योग अभ्यासका लागि विश्वभरकै अध्येताहरूका लागि मूल गन्तव्य बन्न सक्ने बताए । उनले भने, ‘प्राकृतिक वातावरणको हिसावले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासका लागि एउटा सुन्दर भूमि हो र यो देश योग सम्वन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि मूल गन्तव्य बन्न सक्छ ।’
तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्री दाहालले योग र ध्यानका अभ्यासहरू व्यक्तिगत तहमा पुग्दा त्यसले नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनस्र्थापनाका लागि महत्वपूर्ण योगदान गर्ने बताए ।
संयुक्त राष्ट्रसंघको महासभावाट सन् २०१४ डिसेम्वर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ लाई नेपालले संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रको हैसियतमा अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएको छ ।
जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा राखेको प्रस्तावमा नेपालका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए ।
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा राष्ट्रिय स्तरमा मनाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई संयोजन गर्दै आएको छ ।

















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया