रास्वपाले एक वर्षभित्र महाधिवेशन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी एक वर्षभित्र महाधिवेशन गर्ने भएको छ । पार्टी स्थापनाको एक वर्ष पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका हुन् ।
पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले एक वर्षभित्र महाधिवेशन गर्ने बताएका हुन् । ‘कुनै अप्ठ्यारो परिस्थिति सिर्जना नभए एक वर्षभित्र महाधिवेशन गर्छौँ,’ लामिछानेले भने ।
आन्तरिक लोकतन्त्रबाट पार्टी नेतृत्व तय हुने बताए। पार्टीमा क्षमतावान् साथीहरू जोडिएकाले अहिलेको चुनौती पार गर्ने विश्वास व्यक्त गरे।
उनले संगठन विस्तारका धेरै काम गर्न बाँकी रहे पनि समय बाँकी नरहेको बताए । प्राथमिकताका कुरालाई क्रमशः क्रम संख्यामा राखेर अगाडि बढ्ने उनको भनाइ थियो । विधि र विधान भन्दा बाहिर नगएर सम्पूर्ण कार्य गर्ने लामिछानेले बताए ।
लामिछानेले पार्टी स्थापनाको पहिलो वर्ष जनताले आशा र भरोसाका साथ हेरेको पाएको बताए । समाजले परिवर्तन खोजेको छ भन्ने कुरा मतपत्रबाट जाहेर भइसकेको उनको भनाइ थियो ।
‘हाम्रो भाषामा भन्नुपर्दा समाज परिवर्तनको घण्टी बजिसकेको छ। पहिलो वर्ष सौहार्दपूर्ण रह्यो। सकारात्मक रूपमा हेरेका छौँ,’ उनले भने ।
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया