रास्वपाले एक वर्षभित्र महाधिवेशन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी एक वर्षभित्र महाधिवेशन गर्ने भएको छ । पार्टी स्थापनाको एक वर्ष पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका हुन् ।
पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले एक वर्षभित्र महाधिवेशन गर्ने बताएका हुन् । ‘कुनै अप्ठ्यारो परिस्थिति सिर्जना नभए एक वर्षभित्र महाधिवेशन गर्छौँ,’ लामिछानेले भने ।
आन्तरिक लोकतन्त्रबाट पार्टी नेतृत्व तय हुने बताए। पार्टीमा क्षमतावान् साथीहरू जोडिएकाले अहिलेको चुनौती पार गर्ने विश्वास व्यक्त गरे।
उनले संगठन विस्तारका धेरै काम गर्न बाँकी रहे पनि समय बाँकी नरहेको बताए । प्राथमिकताका कुरालाई क्रमशः क्रम संख्यामा राखेर अगाडि बढ्ने उनको भनाइ थियो । विधि र विधान भन्दा बाहिर नगएर सम्पूर्ण कार्य गर्ने लामिछानेले बताए ।
लामिछानेले पार्टी स्थापनाको पहिलो वर्ष जनताले आशा र भरोसाका साथ हेरेको पाएको बताए । समाजले परिवर्तन खोजेको छ भन्ने कुरा मतपत्रबाट जाहेर भइसकेको उनको भनाइ थियो ।
‘हाम्रो भाषामा भन्नुपर्दा समाज परिवर्तनको घण्टी बजिसकेको छ। पहिलो वर्ष सौहार्दपूर्ण रह्यो। सकारात्मक रूपमा हेरेका छौँ,’ उनले भने ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया